सुनसरी \ इटहरी ३ की एक जना बालिकालाई बालयौ´न दु´रुपयोग गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार इटहरी ३ की १२ वर्षीया बालिकालाई बालयौ´न दुरुपयोग गर्ने इटहरी उपमहानगरपालिका- ३ का ५८ वर्षीय भीमबहादुर बि:क रहेका छन् ।
उनले बालिकाको घरकोठामै गएर संवेदनशील अंग समातेर बालयौ´न दुरुपयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बालयौ´न दुरुपयोग गरी फरार रहेका बिकलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
गत २०७९ बैशाख २० गतेको घटना भएको र परिवारले गत जेठ ४ गते मात्रै घटना थाहा पाएपछि जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि फरार रहेका बिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।