Sunday, September 8, 2024
देशकोशी प्रदेशधरानमा सासुलाई खुकुरी प्र´हार , ज्वाँइले आफैं घाँटी रेटेर आ´त्महत्या
spot_img

धरानमा सासुलाई खुकुरी प्र´हार , ज्वाँइले आफैं घाँटी रेटेर आ´त्महत्या

सुनसरी / धरानमा एक पुरुषले सासु आमालाई खुकुरी प्रहार गरेपछि आफैंले घाँटी रेटेर आ´त्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरानउपमहानगरपालिका- ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँई ४१ वर्षीय रामबहादुर रम्तेलले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारपछि उनले आफैं घाँटी रेटेर आ´त्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घरको बरन्डाको कोठामा घाँटी काटिएको अवस्थामा ज्वाईंको शव फेला परेको थियो । त्यही कोठामा टाउको काटिएको र देब्रेतर्फको भागमा गहिरो चोट लागेको गम्भीर घाइते अवस्थामा सासू भेटिएकी हुन्, उनले भने, ‘प्रहरी पुग्दा कोठा रगतले लतपतिएको अवस्थामा थियो । पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ ।’

खुकुरी प्रहारपछि भुजेल गम्भीर घाइते भएकी छन् । घाइते भुजेलको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेकाले विराटनगर नर्सिङ होममा लगिएको छ । घटना बिहीबार रातिको भएको थियोे ।

-Google Ads-

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतककी श्रीमती करिब डेढ महिना अघि मात्र वैदेशिक रोजगारीमा दुबई गएकी छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img