देशकोशी प्रदेशप्रचण्ड धरानमा आएर वृक्षारोपण गर्दै मेयर हर्क साम्पाङको प्रशंसा गरे

प्रचण्ड धरानमा आएर वृक्षारोपण गर्दै मेयर हर्क साम्पाङको प्रशंसा गरे

सुनसरी / नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सुनसरीको धरानस्थित सर्दु खोलाको ओसो पार्क जाने बाटोमा वृक्षारोपण गरेका छन् ।

काठमाडौँ पुगेका बेला धरानका मेयर हर्क साम्पाङले श्रमदान गर्न आउन भन्दै दिएको निमन्त्रणा स्वीकार गरी आएका प्रचण्डले मेयर साम्पाङसँगै श्रमदान गरेका हुन् ।श्रमदानकै सिलसिलामा दाहालले मेयर साम्पाङको प्रशंसासमेत गर्न भ्याएका छन् । आफूहरूले गर्नुपर्ने काम मेयर हर्कराज साम्पाङले गरिरहेको भन्दै दाहालले प्रशंसा गरेका हुन् ।

वृक्षरोपण गर्दै प्रचण्डले कम्युनिस्टहरू र खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको बताए । उहाँले आफूले रोपेको बिरुवा प्रगतिशील गीतकार जेबी टुहुरेप्रति समर्पण गर्ने बताए ।अध्यक्ष प्रचण्डले साम्पाङ मेयर रहेको धरानमा आफ्नै पार्टीका अइन्द्रविक्रम बेघा उपमेयर भएको बताउँदै उनीहरु दुवै जनाको जोडी मिलेको जिकिरसमेत गरेका छन् ।

जनगायक जेबी टुहुरेको स्मृतिमा उनले वृक्षारोपण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img