Sunday, October 13, 2024
देशकोशी प्रदेशप्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उठाउने तयारी

spot_img

सुनसरी / नेकपा एकीकृत समाजवादी सुनसरीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उठाउने तयारी थालेको छ ।

हिजो जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी सचिव बसन्त सुवेदीका अनुसार, बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेशसभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने भएको छ ।

यस्तै, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेशसभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङलाई सिफारिस गरिएको छ ।
सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ ।

यो निर्वाचन क्षेत्रतर्फ प्रदेशसभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले जानकारी दिए । उनी यसअघि भोजपुरबाट प्रदेभसभामा निर्वाचित भएका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img