सुनसरी / आज देखि इटहरी उपमहानगरपालिकाको मुख्य चौकको तीन सय मिटर वरपर सवारीसाधन पार्किङ गर्न नपाइने भएको छ ।
सोमवार उपमहानगर परिसरमा सर्वपक्षीय बैठक बसि सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ मा नगरले व्यवस्था गरेको छ । तर , इटहरी क्षेत्रमा सडक सीमा मिचेर जथाभावी पार्किङ गरिरहेको भन्दै यस्ता पार्किङलाई तत्काल हटाउन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन् ।
राजमार्ग क्षेत्रमै पार्किङ गरिदिँदा सहरको स्वरूप बिग्रिएको र वातावरण सँगै पैदल यात्रीहरू पनि प्रत्यक्ष मार्कामा परेको बताउँदै मंगलबारबाट लागु हुने गरि सडक आसपासको तीन सय मिटर वरपरका क्षेत्रमा ट्राफिक प्रहरी र नगर प्रहरीले पार्किङ गर्न नदिनका लागि खटिनेछन् ।
मुख्य राजमार्ग क्षेत्रमै पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनेको बताउँदै मेयर पौडेलले ट्राफिक प्रहरीलाई पनि राजमार्ग क्षेत्रमा पार्किङ गरिएका कुनै पनि सवारी साधनहरू तत्काल हटाउन निर्देशन दिएका छन् । यता, इटहरीमा निश्चित ठाउँमा पार्किङ स्थल नहुँदा समस्या हुँदै आएको छ ।