सुनसरी / उदयपुरको बेलकामा एकै परिवारका तीनजनाको ह´त्या भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा एकै परिवारको तीनजनाको ह´त्या भएको हो ।
उनका अुनसार स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको ह´त्या भएको हो । उनीहरूको ह´त्या खुकुरीले गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले बेलका नगरपालिका -६ वरबोटेबाट स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।
उनीहरूको ह´त्या खुकुरीले हानेर गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घटना बिहान ११ बजेको घटना रहेको छ । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। ह´याको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।