देशकोशी प्रदेशझापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु

सुनसरी / झापाको छुट्टा छुट्टै तीन ठाउँमा करेन्ट लगाई माछा मार्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

याङबरक गाउँपालिका-६ पाँचथर घर भई हाल झापाको बुद्धशान्ति- २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका- ३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।

घाइते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, झापाको हल्दीबारी गाउँपालिका- ५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका- ५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका मेचीनगर नगरपालिका-११ धाइजनका ४७ वर्षीय सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img