सुनसरी / मोरङको लेटाङबाट हिजो शनिबार बिहानबाट सम्पर्कविहीन भएका तीनजना बालिका २४ घण्टापछि विराटनगरमा फेला परेका छन् ।
मोरङको लेटाङ नगरपालिका- ३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ- ४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर महानगरपालिका-१४ जतुवास्थित देवी राईको घरमा बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीनै जना बालिकालाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको हो। घरबाट भने तीनै जना फुटबल हेर्न भनेर निस्किएको रअभिभावकबाट सम्पर्कविहीन बनेको भन्दै आइतबार विहान प्रहरीमा जानकारी दिएको थियोे ।
उनका अनुसार सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो । परिवारबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् ।



