Sunday, April 27, 2025
देशकोशी प्रदेशधरानमा ६५ वर्षिया वृद्धको गरगहना लुटी ह´त्या
spot_img

धरानमा ६५ वर्षिया वृद्धको गरगहना लुटी ह´त्या

सुनसरी / धरान उपमहानगरपालिका -२० को चिन्डेडाँडा नजिकै रहेको टोडकेमा गरगहना चोरी बृद्ध महिलाको ह´त्या गरिएको छ ।

गएरात धरान – २० चिन्डेडाँडामा ६५ बर्षिय पुर्णिमाया राईको एक्लै घरमा बस्ने गरेकोमा लुटेरा समूहले घाँटिमा लगाअको सुन र नगद लुटेर ह´त्या गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए ।

पछिल्लो समय चर्चामा आएको र लाहुरेको ट्रेनिङ गर्ने देखि मनिङ वाक ठाउँ त्यहाँको बस्ति पातलो छ भने सुरक्षा व्यस्थापन देखि सडक बत्तिको अभाव छ । सोहि अभावको मध्यनजर गर्दै लुटेराको समूहले स्थानिय पुर्णिामाया राइको सुन र नगद लुटेर हत्या गरिएको छ । उनले मृतक महिला घरमा एक्लै बस्ने गरेको र घाटीमा र कानमा सुनका गहना लाउने गरेका कारण लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

घटनाबारे स्थानियले खबर गरेपछी प्रहरी बिहान घटना स्थल पुगेको हो । घटनाको स्थलगत मुचुल्का तयार गरि शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । हत्याराहरुको खोजतलास गरिरहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img