सुनसरी / धरान पानवारी जाने सडक नजिकै फाल्ने फोहोरमा मरेको मान्छेको शव भेटिएको छ ।
वाँझगरा सामुदायिक वन उपभोक्ता समिती अन्र्तगतको सेउती जंगलमा धरान उपमहानगरपालिले फाल्ने गरेको फोहारमा लास भेटिएको हो । धरान पानवारी जाने सडक नजिकै धरान उपमहानगरपालिकाले फोहोर फाल्ने गरेको छ ।
फोहोरमा नै मरेको मान्छेको लास भएपछि वाँझगराका स्थानीयवासी आक्रोसि वनेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार विपी प्रतिष्ठानले वेवारिसे लास २ वटा र मानव कंकाल १ गरि ३ जनाको सव व्यवस्थापनको लागि धरान उपमहानगरपालिकालाई वुझाएको थियो ।
धरान उपमहानगरपालिकाका फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुले भने उक्त फोहोरमा नै लासलाई छोपेपछि समस्या उत्पन्न भएको छ । प्रहरीले स्थानीयहरुले खवर गरेपछि आज विहान गएर स्थलगत अनुगमन गरेको थिय सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।