देशकोशी प्रदेशउर्लाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

उर्लाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी | मोरङको उर्लाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको कटहरी- ४  घर भएका ३५ वर्षीय उद्धव परियारको मृत्यु भएको हो ।

उर्लाबारी- १ पिपलडागीमा उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सिडिको वेल्डिङ गर्दै गर्दा करेन्ट लिक हुँदा उनको घटना स्थलमै मृत्यु भएको जनाइएको छ । शवको पोष्टमार्टमकालागि मोरङको मङ्गलवारे पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img