सुनसरी / मोरङको विराटनगर महानगरपालिका- ९ मा गए राति एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी हुँदा रु ४५ लाखको क्षति भएको छ ।
विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरमा क्षति पुगेको छ । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको उनले बताए ।
विराटनगर प्रहरी कार्यालयले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी तीन घण्टाभन्दा बढी समयमा आगो निभाइएको हो ।



