समाजमहानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

महानगरबाट ठेलागाडा खोसिएकी शर्मिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्क साम्पाङले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img