सुनसरी / भोजपुर जिल्लाको तिम्मा, चिनाम्खु, अन्नपूर्ण खवा, पान्धरेदेखि खोटाङसम्म जाने सडकको अवस्थाले पछिल्लो समय यात्रुहरुले निकै सास्ती भोक्दै आएका छन ।
यो सडकबाट अन्नपूर्ण हुँदै डाङडुङ्गे, भोरनागी हुँदै खोटाङ जान सकिने भएपनि अहिले खवा, दाङडुङ्गेसम्मको सडक कच्ची छ । खाल्डाखुल्डीका कारण साना सवारी साधन समेत चलाउन निकै मुस्किल भएको चालकहरु बताउँछन् । यात्रुहरु हिडेर जानु पर्ने सास्ती खेप्दै आएको बताउछन ।
डाङडुङ्गे खावा जाने करिब २–३ घण्टाको सडक खाल्डाखुल्डीले भरिएको छ । करिब १ घण्टा पैदल हिँडेर लेखर्क जान सकिन्छ ।
अर्कोतर्फ हिलेदेखि रचना, पिङडाँडा, चिनामुखदेखि अन्नपूर्णसम्मको सडक पनि खाल्डाखुल्डी छ भने अन्नपूर्णबाट गोलाकार बाटो भएर भोजपुर बजार जान सकिन्छ । अन्नपूर्ण भोजपुरको मुख्य गाउँ हो।