Sunday, October 13, 2024
देशकोशी प्रदेशइटहरीका पुर्व मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाए

इटहरीका पुर्व मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाए

spot_img

सुनसरी / इटहरी उपमहानगरपालिका पुर्व मेयर द्वारिकलाल चौधरीले छिमेकीको जग्गा मिचेर माछा पोखरी बनाएको खुलेको छ ।

चौधरीले लबीपुर चौकमा रहेको घर नजिकै प्रदीप कुमार खतिवडाको एक कट्ठा जग्गा घेराबार गरी माछा पालन गर्न थालेका हुन । जग्गाधनी खतिवडालाई थाहै नदिई उनले गत असारमा डोजरले खनेर पोखरी बनाएका थिए ।

जग्गाधनी खतिवडा इटहरी-४ मा बस्दै आएका छन् । जग्गा लबीपुरमा भए पनि उनको आउजाउ कम हुने गरेको थियो । त्यही मौका छोपी चौधरीले आफ्नो जग्गामा जथाभाबी डोजर चलाएको आरोप छ ।

उनले जग्गाधनीलाई थाहै नदिई यति ठुलो आँट देखेर आफैमा आश्चर्य परेको बताए । कम्तीमा एक पटक सोध्नु पर्छ, जानकारी सम्म त हुनु पर्‍यो नि ! उनका छोरा अनमोल खतिवडाले भने पटक पटक द्वारिक सरलाई सम्पर्क गरेँ उहाँले एक हप्ताको समय दिनु भयो तर ४ महिना बित्यो, आज सम्म पोखरी पुर्नु भएन ।

उनले जग्गा हडप्ने शैलीमा यस्तो कार्य गरेको हुन सक्ने समेत आरोप लगाएका छन् । चौधरीले बेवास्ता गरेपछि खतिवडाले इटहरी उपमहानगरमा समेत निवेदन दिएका थिए ।

गत २७ गते नगर प्रमुख हेमकर्ण पौडेलले तोक आदेश दिएर प्रशासनमा उक्त पत्र पेस गर्न भएका थिए । प्रशासनले चौधरीलाई के कति कारणले उक्त जग्गामा पोखरी निर्माण गरिएको कारण खुलाएर प्रमाण पेस गर्न भनेको थियो ।

तर चौधरीले उक्त पत्र लिएका छैनन् । उनले हुलाकबाट आएको पत्र समेत बुझ्न मानेका छैनन् । आफै स्थानीय सरकारको प्रमुख भइसकेका चौधरीको हर्कतले खतिवडा अब के गर्ने भन्ने अन्योलमा पुगेका छन् ।

आफ्नै बुवाको नाममा रहेको धनीपुर्जाको फोटोकपी लिएर भौँतारिरहेका उनका छोरा अनमोल कानुनी प्रक्रिया जाने तयारी गरेका छन् । इटहरी-१७ लबीपुरमा रहेको उक्त जग्गा ८(घ) नक्सा कित्ता नम्बर ६०६ को जग्गा २०६३ साल जेठ १ गते द्वारिकलालका बुवा नानुरामले खतिवडालाई बिक्री गरेका थिए ।

यता यो विषयमा चौधरीले केही गल्ती भएको स्वीकार गरेका छन् । उनले टेलिफोन सम्पर्कमा आफुँले माछा पोखरी निर्माण गर्दा केही आठ दश फुट जग्गा छिमेकी तिर गएको बताए ।चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी नगरप्रमुख भएका थिए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img