Tuesday, October 15, 2024
देशकोशी प्रदेशमापदण्ड विपरित बनाएका घर, टहरा हटाउन विराटनगर महानगरको निर्देशन

मापदण्ड विपरित बनाएका घर, टहरा हटाउन विराटनगर महानगरको निर्देशन

spot_img

सुनसरी / विराटनगर महानगरपालिकाले मापदण्ड विपरित बनाएका घर टरहरा, नक्सा भन्दा बढि जग्जा वा सडक मिचेर बनाएको सबै सम्रचना हटाउन निर्देशन दिएको छ ।

आज महानगरले एक सूचना जारी गर्दै नक्सा भन्दा बढि जग्जा वा सडक मिचेर बनाएको सबै सम्रचना हटाउन निर्देशन दिएको छ । महानगरले १७ वटा बुदे सूचना निकाल्दै सवै व्यवसायलाई मापदण्ड विपरितको संम्रचना टहाउन निर्देशन दिएको हो ।

महानगरले सिटि रिक्सा चलाउने सवारी चालकलाई सिटि रिक्सा चलाउने व्यवसायीले दर्ता गरेर मात्र चलाउन भनेको छ । निर्माणका सामग्रि सडकमान नराख्न, व्यवसायीले सडक मिच्ने गरि सामान वा विज्ञापन बोड नराख्न, पसल वा कलकारखानाबाट निस्कने फोहोर सडकमा नफाल्न, पशु चौपायलाई सडकमा नछाड्न, नो पार्किङमा पार्कीङ नगर्न लगाएतको निर्देशन दिएको छ ।

त्यस्तै , महानगरले विहान ८ बजेदेखि बेदलुकि ७ बजे सम्म ठूला तथा मझौला सवारी साधनलाई बजार प्रवेसमा रोक लगाएको छ । त्यसैगरी, जथाभावि रुपमा फैलिएको केबलको तार व्यवस्थित गर्न पनि केबल कम्पनीलाई महानगरले निर्देशन दिएको छ । यदि उनीहरुले व्यवस्थित नगरे महानगर अफैले गर्ने र व्यवस्थित गर्दा लागेको खर्च केबल कम्पनीले व्यहोर्नुपर्ने महानगरको निर्देशन छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img