देशकोशी प्रदेशखोटाङको दिप्रुङ चुईचुम्मा एक महिला वडा सदस्यको निधन

खोटाङको दिप्रुङ चुईचुम्मा एक महिला वडा सदस्यको निधन

सुनसरी / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका- २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको निधन भएको हो ।

उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी दाँत दुख्ने वडा सदस्य नेपालीलाई गिजाको अप्रेसन गरिएको थियो। धरानमा आइसियु अभाव भएर त्यहाँ निको नभएपछि थप उपचारका लागि बिराट नर्सिङ होम रिफर गरिएकोमा लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भाइ बिजय नेपालीका अनुसार यसअघि उनलाई सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भर्ना गरिएकोमा निको नभएपछि धरान लगिएको थियो । गत ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्य विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img