Sunday, March 16, 2025
देशकोशी प्रदेशरामधुनीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रामधुनीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका-१ स्थित शिव चोकमा बसको ठक्करबाट इनरुवा- ९ बस्ने २७ वर्षीय रोहित शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४५४२ नम्बरको बसले बिपरीत दिशातर्फ जाँदै गरेको प्र–१–०२–०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शर्माको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको थियोे । बस चालक सिराहा धनगढी माई नगरपालिका -९ बस्ने ३३ को विजयकुमार योन्जन र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img