Wednesday, March 26, 2025
देशकोशी प्रदेशविराटनगरमा अतिक्रमित संरचनामा डोजर चल्यो

विराटनगरमा अतिक्रमित संरचनामा डोजर चल्यो

सुनसरी / विराटनगर महानगरपालिका- ८ ले सडक विस्तारका लागि बाँके बिहारी मार्गकाे सडक मापदण्ड भित्र पर्ने संरचना हटाएकाे छ ।

मापदण्ड अनुरुप सडक विस्तारका निम्ति हाल रेखाङ्कनभित्र परेका संरचनाहरू भत्काउने कार्य भईरहेको अबको र एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने तयारीका साथ सडक विस्तारको कार्य अघि बढाइएको विराटनगर -८ का वडाध्यक्ष राम पोखरेलले बताए ।

वडा कार्यालयको पहलमा हिजो आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेकाे काम सुरु गर्न मापदण्ड भित्र पर्ने संरचना हटाएकाे हो ।बाटोमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम उच्च थियो ।

१० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको छ । नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको छ । निमार्ण कम्पनीले कुल ४३ लाखको बजेटमा वडा नं. ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम गरिरहेको छ । विगत लामो समयदेखि बन्न नसकेको बाटो कालोपत्रे हुुने भएपछि स्थानीय पनि उत्साहित देखिएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img