Sunday, March 16, 2025
देशकोशी प्रदेशमेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै कार्यपालिका सदस्य नआएपछि बैठक स्थगीत

मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै कार्यपालिका सदस्य नआएपछि बैठक स्थगीत

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन् ‘आज दोस्रो चोटि कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरूलाई एक ट्रक जति धन्यवाद ।’ धरानमा लगातार दुईवटा कार्यापालिका बैठक स्थगित भएको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका बैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए ।

यसअघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो ।

दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरूले मेयर साम्पाङले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि बैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img