देशकोशी प्रदेशमोरङमा दुई वर्षे बालक बाल्टीको पानीमा डुबेर मृत्यु

मोरङमा दुई वर्षे बालक बाल्टीको पानीमा डुबेर मृत्यु

सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ मा बाल्टीको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

प्रहरी कार्यलय पथरीशनिश्चरेका अनुसार सन्तोष राईका २ वर्षीय छोरा यश राईको बाल्टीमा भरेको पानीमा डुबेर हिजो शुक्रबार बिहान मृत्यु भएको हो । बालकलाई घर नजिकको कलमा प्लाष्टिकको बाल्टीमा भरेर राखिएको पानीमा डुबेको अवस्थामा फेला पारिएको थियो ।

खेल्ने क्रममा डुबेर गम्भीर भएका उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याइन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img