देशकोशी प्रदेशसुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाईते

सुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाईते

सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका- ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने एक मोटरसाइकल चालकको घाइते भएका छन् ।

सोही ठाउँका स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो । को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो क्रस गर्दा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सोही ठाउँमा घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका- ११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img