Thursday, May 15, 2025
समाजपार्टीको विवादबारे रवि लामिछाने भन्छन्– मैले नै खबरदारी गर्न भनेको थिएँ
spot_img

पार्टीको विवादबारे रवि लामिछाने भन्छन्– मैले नै खबरदारी गर्न भनेको थिएँ

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र विवाद नभएर नेतृत्वलाई खबरदारी गरिएको बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले आफूले नै पार्टीका नेता कार्यकर्तालाई खबरदारी गर्न भनेको समेत बताए ।

समानुपातिकतर्फ बन्दसूचीमा रहेका नेताहरूले सांसद छान्दा पार्टीको आन्तरिक सर्वेक्षणमा कम मत आएकाहरूलाई छान्न लागिएको भन्दै विरोध जनाएका छन् ।

तर, लामिछानेले भने आफू पार्टीको प्रणालीभन्दा बाहिर नजाने बताए ।

“हाम्रोमा के छ भने नजिकका मान्छे, वरपरका मान्छे, नजिक देखिने मान्छेहरूलाई राख्ने अभ्यास भएकाले उहाँहरूले खबरदारी गर्नुभएको होला । मैले नै पार्टीमा खबरदारी गर्न भनेको छु । जे भन्यो त्यसैमा वाह वाह, जिन्दावाद ताली बजाउने होइन, खबरदारी गर्नुहोला भनेको छु । मलाई खुसी लागेको छ, उहाँहरूले मान्नुभएको छ । कोही आँत्तिनुपर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रणाली बाहिर जाँदैन,” लामिछानेले भने ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img