सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका -१५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
हिजो शुक्रबार गाईघाटबाट रसुवा तर्फ जादै गरेको स १ त ४९४६ नं. को ट्याक्टर आँफै अनियन्त्रित भई सडक देखी अं. २०० मिटर तल ट्याक्टर झरेको थियो ।
ट्याक्टरमा सवार उदयपुर रौतामाई गाऊपालिका- ६ बस्ने १८ बर्षीय शिवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक रौतामाई गाऊपालिका- ४ बस्ने २३ बर्षीय सरोज आचार्य, त्रियुगा नगरपालिका ११ दोभान बस्ने १७ बर्षीय रोमन मगर र त्रियुगा नगरपालिका- ३ मिलन चोकका बस्ने ३५ बर्षीय पुरूषोत्तम कार्की घाईते भएका छन् ।
घाईते भएका उनीहरू उपचारको लागी विपि प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।