देशकोशी प्रदेशझापाको कनकाई नगरपालिकाले दियो २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा

झापाको कनकाई नगरपालिकाले दियो २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा

सुनसरी / झापाको कनकाई नगरपालिकाले नगरभित्रका २० सुकुम्बासीलाई विश्व मानवअधिकार दिवसका अवसरमा कनकाई- ८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो।

कनकाई वडा ८ थप ३० वटा र वडा ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको छ । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।

नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो। निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ।

कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ । उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने नगर प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img