देशकोशी प्रदेशमोरङको बेलबारी १ र २ मा हात्तीको आतंक

मोरङको बेलबारी १ र २ मा हात्तीको आतंक

सुनसरी / मोरङको बेलबारी नगरपालिका १ र २ यति बेला हात्तीको आतंक रहेको छ ।

बेलबारी नगरपालिका १ मा राति १० बजे आएको हात्तीले स्थानीय अनन्त गिरीको घरमा हात्तीले क्षति पुर्याएको छ । साँझमा जंगलबाट निस्किएको हात्ती भगाउन नगरपालिकाको दमकलले साईरनबजाएपनि हात्ती भगाउन असफल भएको स्थानीय बताउँछन ।

बेलबारी २ मा पनि शुक्रबार हात्तीले स्थानीय यज्ञबहादुर खडकाको घर भत्काईदिएको छ । बेलबारी १ का स्थानीय शनिबार रातभर हात्तीको एक हुल जंगलबाट गाँउ छिर्ने तयारी गरेपछि आतंकित भएका स्थानीय रातभर जाग्रामै बसेका हुन ।

पछिल्लो समय मोरङको बेलबारी ,सुन्दरहरैचा,केराबारी,लेटाङ,मिक्लाजुङ लगायतका क्षेत्रमा हात्तीले क्षति पुर्याउदै आएको छ । केहिखिन अघि मात्र हात्तीको आक्रमणमा परि सुन्दरहरैचाका एक बृद्धले ज्यान समेत गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img