देशकोशी प्रदेशसोलुखुम्बुको नेले बजारमा आगलागी हुँदा ४ करोड ७२ लाखको क्षति

सोलुखुम्बुको नेले बजारमा आगलागी हुँदा ४ करोड ७२ लाखको क्षति

सुनसरी / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- १ नेले बजारमा हिजो बेलुका भएको आगलागीमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

हिजो मंगलबार बेलुका स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीले पाँच घरमा क्षेति पुगेको हो ।

बहादुर कार्कीको घरसहित भित्र रहेको होटल जल्दा ८० लाख बराबरको , रमेश बस्नेतको घरसहित किराना पसल, मोबाइल पसल पूर्ण रुपमा जल्दा एक करोड ५० लाख रुपैयाँ बराबरको, गणेश बस्नेतको घरसहित भित्र रहेको मोबाइल पसल जलेर नस्ट हुँदा १ करोड बराबरको र कल्पना बस्नेतको घरसहित भित्र रहेको फेन्सी पसल र मोबाईल पसल जल्दा १ करोड ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोलुदधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी,स्थानीयबासिन्दा लगायतको सहयोगमाआगो निभाइएको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img