Monday, January 13, 2025
देशकोशी प्रदेशबेलबारीमा दुई घण्टाको अन्तरमा दुई जनाको मृत्यु

बेलबारीमा दुई घण्टाको अन्तरमा दुई जनाको मृत्यु

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १० भाउन्नेमा एक दम्पत्तिको आज सोमबार उनीहरुको दुई घण्टाको फरकमा मृत्यु भएको छ ।

भनिन्छ,जन्म र मृत्यु कसैको बसमा हुँदैन,सँगै बाँच्ने र संगै मर्ने कसम खाँदै लगनगाँठो कसेका कमै त्यस्ता भाग्यमानी दम्पत्ति हुन्छन,जो सँगै बाँच्छन अनि मृत्यु पनि सँगसँगै हुनेगर्छ । त्यस्तै संयोगले जुरेको छ ।

स्थानीय नरबहादुर सार्की र उनकी पत्नि भक्तिमाया सार्कीको करिब दुई घण्टाको अन्तरमा मृत्यु भएको छ । नरबहादुरको दिउँसो १ बजे र भत्तिमायाको दिउँसो ३ बजे मृत्यु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।

उनीहरुको मंगलबार बिहान सामुहिक रुपमा दाहसंस्कार गरिएको छ । उनीहरुका ४ जना छोरा ५ जना छोरी,३ नाति ७ नातिनी रहेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img