Sunday, January 19, 2025
देशकोशी प्रदेशझापामा खाना नपकाएको झोँकमा श्रीमानले लात्ता हान्दा श्रीमतीको मृत्यु

झापामा खाना नपकाएको झोँकमा श्रीमानले लात्ता हान्दा श्रीमतीको मृत्यु

सुनसरी / झापामा खाना नपकाएको झोँकमा श्रीमानले लात्ताले हान्दा श्रीमतीको मृत्यु भएको छ ।

हिजो मंगलबार बेलुकी भोजपुर अरुण गाउँपालिका-१ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका- ९ को खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले आफ्नै श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।

खाना नपकाएको कारण झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु इलाका प्रहरी कार्यलय अर्जुनधाराले जनाएको छ । प्रहरीले घिसिङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img