Friday, January 17, 2025
देशकोशी प्रदेशइटहरी उपमहानगरले माघ मसान्तभित्र जग्गाको कित्ताकाट खुलाउने निर्णय

इटहरी उपमहानगरले माघ मसान्तभित्र जग्गाको कित्ताकाट खुलाउने निर्णय

सुनसरी / इटहरी उपमहानगरपालिकाले भू-उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्तभित्र सक्ने निर्णय गरेको छ । १२७ औँ कार्यपालिका बैठकले वडास्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम सक्ने निर्णय गरिएको हो ।

वर्गीकरणको विषयमा उपमहानगर अलमल परेको भन्दै नापी विभागबाट आएको मालपोत अधिकृतसहितको टोलीले सहयोग गरिरहेको बताउँदै मापदण्डअनुसार एक महिनाभित्र जग्गा कित्ताकाट खुलाउने गरी काम सुरु गर्ने भएको छ ।

कित्ताकाट नहुँदा सर्बसाधरणलाई समस्या भएको भन्दै माघ मसान्तसम्म वडास्तरबाट जग्गा वर्गीकरण भएर नआए नगरस्तरबाटै निर्णय गरिने कार्यपालिका बैठकमा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img