Monday, January 13, 2025
समाजआलोचकहरुलाई समिक्षाको जवाफ: 'गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ, मुख र मलद्वारको...

आलोचकहरुलाई समिक्षाको जवाफ: ‘गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ, मुख र मलद्वारको काम चिन’

काठमाडौँ – गायिका समिक्षा अधिकारीले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काएकी छिन्। बिहीबार सामाजिक सञ्जालमा उनले आफ्ना आलोचकहरुलाई अर्थपूर्ण बोल्न त साधना गर्नुपर्ने बताएकी छिन्।

उनले लेखेकी छिन्, ‘बचनले दिएको घाउको औषधि बचन नै हो। बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरू १ गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ। मुख र मलद्वारको काम चिन।’

केहि समय अघिदेखि समिक्षा सामाजिक सञ्जालमा सक्रिय बन्दै आइरहेकी छिन्। उनले यसअघि पनि नबोले त यहाँ हेप्छन् र घस्यौटाहरु मनलागी उड्ने बताएकी थिइन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img