देशकोशी प्रदेशधरानमा हर्क साम्पाङले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काय

धरानमा हर्क साम्पाङले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काय

सुनसरी / धरान उपमहानगरपालिकाले आज आईतबार बिहान खोलाको सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर भत्काइएको छ ।

धरान ५ को खार खोला र अधेरी खोलाको सङ्गम स्थल धरान उपमहानगरले बहुजातिय रङ्गशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो । सो सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन भन्दै आग्रह गर्दै पत्राचार समेत गर्दा पनि अटेर गरी घर निर्माण सम्पन्न भएको छ ।

सो सार्वजनिक जग्गामा मुना चौधरी लिम्बुले एक तले पक्की घर निर्माण गरेको भन्दै आज बिहान ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर भत्काएको हो । घर भत्काउने क्रममा दोहोरो झडप समेत भएको थियो ।

दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् भने केही सामान्य घाइते भएका छन् । उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img