सुनसरी / इटहरीमा सडक मिचेर बनाईएको भवनमा डोजर चलाएर भत्काएको छ । आज शुक्रबार इटहीरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्काइएको हो ।
रानी विराटनगर जाेगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको छ । सडकको क्षेत्रमा रहेका घरहरू अब सबै भत्किने इटहरीका मेयर हेमकर्ण पौडेलले बताउनु भएको छ ।
निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको थियो ।
इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको इटहरी उपमहानगर ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताउनु भएको छ ।
पटक पटक सूचना जारी गर्दा पनि घरधनीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।