Monday, April 28, 2025
देशकोशी प्रदेशप्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले बहिष्कार गर्‍यो
spot_img

प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले बहिष्कार गर्‍यो

सुनसरी / नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशनमा संस्थापन पक्षले आज शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको छ ।

अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको छ ।

“अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरिएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असहमति प्रकट गर्दै त्यस्तो तथाकथित निर्वाचनमा भाग नलिने ठहर गरेको” जारी विज्ञप्तिमा भनिएको छ, “नेतृत्वमा रहेका केही ब्यक्तिहरूको हठ र बलमिच्याइका कारण सहमतिको प्रयास विफल बनाइएको प्रति दु:ख व्यक्त गरिएको छ ।”

“एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमानजनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति हाम्रो आपत्ति रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “सम्मानजनक सहभागिता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकार साथीहरूको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने सम्पूर्ण साथीहरूमा जानकारी गराइन्छ ।”

देशका अन्य चारवटा प्रदेशमा सहमति भएको युनियन केन्द्रीय समितिले जनाएपनि प्रदेश १ मा भने एकपक्षीय गर्न खोजिएको आरोप छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img