सुनसरी | खोटाङको हलेसी मन्दिरमा रहेको दानपेटिका फुटाएर पैसा चोरी गर्ने एक जना युवक पक्राउ परेका छन् ।
हलेसी गुफाभित्रको दानपेटिका फुटाएर आइतबार मध्यराति चोरी गरेको आरोपमा इलामका २४ वर्षीय रुपेश राई सोमबार प्रहरीले पक्राउ परेको छ ।
राईलाई सुमोमा भाग्दै गरेको अवस्थामा च्यास्मिटारस्थित प्रहरी चेक पोस्टबाट सोमबार बिहान ११ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यलय दिक्तेलले जनाएको छ । सीटीटीभी फुटेज हेरेपछि चोर्ने व्यक्तिको पहिचान भएको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।