धनगढी । कैलालीमा बन्चरो प्रहारबाट एक वृद्धाको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको ह’त्या भएको हो ।
बन्चरो प्रहारबाट गम्भीर घाइइते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो ।
लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ह’त्या आरोपमा उनका छोरा ४० वर्षीया श्रीराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट आमालाई बन्चरो प्रहार गरेर श्रीरामले ह’त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको बताइएको छ ।