सुनसरी | इटहरी- १० आमझोकीमा मंगलबार राति टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति ११ बजेतिर इटहरी वडा नम्बर – १० आमझोकीस्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ ह ६४३२ नम्बरको टेम्पो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
टेम्पोमा सवार इटहरी १० मा बस्ने ४० वर्षीय राजेन्द्र सरदारको मृत्यु भएको हो । गम्भीर घाइते भएका सरदारको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेम्पो र चालक इटहरी १० का २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट टेम्पोको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।



