Saturday, September 7, 2024
देशकोशी प्रदेशइटहरीमा जीवन विज्ञान प्रतिष्ठानको पुर्वाञ्चल जागरण उत्सव सुरू
spot_img

इटहरीमा जीवन विज्ञान प्रतिष्ठानको पुर्वाञ्चल जागरण उत्सव सुरू

सुनसरी / जीवन विज्ञान प्रतिष्ठानद्वारा इटहरीमा पुर्वाञ्चल जागरण उत्सव कार्यक्रम गरेको छ । मनुष्यभित्र आन्तरिक दिव्यतारूपि सद्गुण र क्षमता एवम् कार्यकुशलतारूपी प्रयोगको अथाह सम्भावना लुकेको रहेको हुने जीवन विज्ञान प्रतिष्ठानले इटहरी रंगशालामा कार्यक्रम सञ्चालन गरेको छ ।

पुर्वाञ्चल जागरण उत्सव कार्यक्रममा प्रत्येक व्यक्तिभित्र बिज रूपमा रहेका सद्गुण एवम् क्षमताहरूलाई उजागर गरि सुख , शान्ति एवम् समृद्धिले भरिएको नवयुग निर्माण गर्नु नै जीवन विज्ञानक मूल ध्येय रहेको छ ।

20230304 211318

कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्रेष्ठले आध्यात्मिक जीवनको महत्वपूर्ण योग्यता भएकाले आध्यात्मिकता नहुँदा मानिस राक्षस हुने बताए ।

-Google Ads-

20230304 211139

सोही क्रममा हास्य कलाकार हरिवंश आचार्यले मानिसको जिवनमा ७ चक्र हुने , भित्री मन जस्तो भएपनि भित्री बाहिरी मन खु:सि हुनुपुर्छ । महजोडिले ४०-४५ वर्ष सहकार्य गरि काम गरेको , जीवन विज्ञान राजनीति क्षेत्रमा पनि अनुशरण गरेको भए हुने र सम्पूर्ण क्षेत्रमा राजनीतिले प्रभाव पार्ने हुँदा राजनीतिक दलका नेताहरूले पनि शारीरिक तथा मानिसक स्फुर्तिका लागि जीवन सँग सम्बन्धित आध्यात्मिक कार्यक्रमहरूमा संलग्नता जनाउन आवश्यक उनले बताएका छन् । उनले त्यहाँ उपस्थित मानिसलाई हास्य व्यङ्ग्यका कुरा गरेका थिए।

आत्यात्मिक जागरणका अभियन्ता एवम् जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक रमेश नेपालले ”शरीर छ जीवन छ छैन , जीवन छ शरीर छैन , धन छ धनलाई प्रयोग गर्ने ठाउँ निश्चित ठाउँ हुनुपर्ने” र शारीरिक र मानसिक दुवै ढंगले मानिस स्वास्थ्य भएर जीवन जीउन सकेमा मात्र आनन्द प्राप्ति हुने हुँदा नागरिकहरुमा सोही अनुसारको सचेतना फैलाउन पूर्वबाट अभियान थालिएको बताउनु भयो ।

20230304 211228

त्यसै क्रममा गायक शिशिर योगिले जति कमल लेखेपनि गित गाएका थिए । इटहरीका विभिन्न जातजातिहरूको आ-आफ्नो सांस्कृतिक झाँकी नाच प्रस्तुत गरिएको थियोे । सुदुरपश्चिमबाट पनि झाँकी सहित आएका र मोरङजिल्लाबाट दिमाल जातिको झाकी नाच देखाईएको थियोे ।

उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधी सहभागी भएका छन् । नेपालबाट मात्र ४० जिल्लाका प्रतिनिधी सहभागी भएका छन् । कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद गरिनेछ । त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईंले बताउनु भयो ।

20230304 211243

जीवन विज्ञान विश्वका विभिन्न देशमा फैलिएर रहेका ११ सय भन्दा बढी प्रयोगशालाको माध्यमबाट दैनिक योग-ध्यानका कक्षाहरू सञ्चालन गरिरहेका छन् । जीवन व्यवस्थापन सम्बन्धि कार्यक्रमहरूमा तनाव विसर्जन क्रिया र सुशी , नवप्रतिभा विज्ञान , चक्र विज्ञान , ऐश्वर्य विज्ञान , व्यक्तित्व विज्ञान , प्रशिक्षक , विज्ञान, र साधनमुखिमा ध्यान , मौन रहस्य , बोध, लय , सत, ज्योति रहेका छन् । अनलाइन कार्यक्रम र टेलिभिजनमा पनि जीवन विज्ञानले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img