सुनसरी / इटहरी चोक र तरहरामा आज होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
आज मंगलबार इटहरी २० तरहरामा तरहरा जेसीजले आयोजना गरिएको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विहान ११ बजेदेखि सुरू भएको थियोे । कार्यक्रममा सयौंको संख्यामा दर्शकहरूले मनोरञ्जन गरेका थिए ।
कार्यक्रममा गायक निशान भट्राईको आफ्ना आधा दर्जन बढी गीतहरू गाए । उपस्थित दर्शकहरूले नाचगान गर्दै उनले मनोरञ्जन गीत गायएका थिए । कार्यक्रममा डीजे एजुशको पनि प्रस्तुति रहेको थियो ।
तरहरा जेसीजे प्रत्येक वर्षको होली पर्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम संयोजक तथा तरहरा जेसीजका उपाध्यक्ष रोशन भुजेलका अनुसार कार्यक्रममा करीब तीन हजार दर्शक सहभागी थिए । वर्षमा एकदिन आउने होली मिलन कार्यक्रम समाजसँग नजिक रहनका लागि पनि आयोजना गरिएको उनले बताएका छन् ।
कार्यक्रमको प्रायोजन एक्स्पेर्त एजुकेसन भिसा सेर्विकेस इटहरी र आकाशमा इन्सिचियुट इटहरी जस्ता संघ संस्था क्लब , इन्सिचियुटहरूले प्रायोजन गरेको थियोे ।
इटहरी चोकमा पनि होली पर्व विभिन्न सामाजिक संघ संस्थाहरू र विभिन्न क्लब स्थानीय व्यक्तिहरूको उपस्थितिमा रङ्ग लगाउदै हर्षोउल्लासका साथ होली पर्व मनाइएको छ । मङ्गलवार बिहान उद्योग वाणिज्य संघ इटहरीले एक कार्यक्रम बिच होली उत्सव सम्पन्न गरेको छ ।
फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।