देशकोशी प्रदेशइटहरी २० तरहरामा ट्रक र मोटरसाइकल ठोक्किदा एक युवतीको मृत्यु

इटहरी २० तरहरामा ट्रक र मोटरसाइकल ठोक्किदा एक युवतीको मृत्यु

सुनसरी: इटहरी २० तरहरामा ट्रक र मोटरसाइकल एकापसमा ठक्किएर धरानकी एक युवतीको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति सोमबार ९ बजेतिर इटहरी वडा नम्बर – २० स्थित तालतलैया मोडमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख १७२४ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ७१६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो ।

ठक्करबाट धरान वडा नम्बर – १५ की २५ वर्षीया जेनीशा राईको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका- ७ का २९ बर्षीय निशान राई घाईते भएँकाको धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img