सुनसरी / कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा धरानका एक युवकको मृत्यु भएको छ
गत चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि कोसी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा सहभागी भएका धरान उपमहानगर – १५ का ४२ वर्षीय पदम लिम्बू घाइते भएका थिए ।
घाइते भएका लिम्बूको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको धरान प्रहरी कार्यलयले जनाएको छ । सशस्त्र प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए ।
टाउकोमा चोट लागेको थियोे । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको थियोे ।
उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो । मोरङको लालभित्ती घर भएका लिम्बू धरान १५ मा बस्दै आएका थिए ।