Wednesday, January 15, 2025
देशकोशी प्रदेशगाउँमा विकास सहरमा मानिस

गाउँमा विकास सहरमा मानिस

सुनसरी:  भनिन्छ समाज विकास भएपछि गाउँका मानिस सहर पस्छन् । धनकुटा नगरपालिका ९ बेलहरा माहाङ्ग गाउँमा विगतको १३ बर्ष अगाडि ५३ घरधुरी थिए तर अहिले २२ घरधुरी मात्र छन् ।

अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।

स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । गाउँमा विस्तारै विकासले गति लिँदै गयो तर  गाउँ छाड्नेहरू भने रोकिएनन्  । विगतमा सामान्य विकाससमेत नहुँदा गाउँमै बस्नेहरू अहिले बजार झर्न थाले ।

धनकुटा बेलहरा माहाङ्ग गाउँका स्थानीय बासिन्दा ५८ वर्षका पृथ्वी भण्डारीकाले घर परिवार बढ्दै गएर मानिस आर्थिक विकास र सहरमा बसाइँ सहर्दै गए बताउछन् । उनले भने ”अहिले घर परिवार बढ्दै गएर मानिस आर्थिक विकास र सहरमा बसाइँ सहर्दै गए यहाँ १०-१५ वर्ष अगाडि भण्डारी गाउँ , घिमिरे गाउँ ,थापा गाउँ भनेर चिनिन्छ । अहिले यी गाउँमा थरिका मानिस कमै मात्रामा रहेको छ ।”

“धनकुटा बेहलरामा रहेको गुठिटारबाट सडक निर्माण भएपछि बेलहरा गाउँमा पहिला भन्दा अहिले विकासले गति लिएको छ । घरघरमा  सडक तथा यातायातको सुविधा पुगेको छ । खानेपानीको पनि सुविधा ५ वर्ष पछाडि पुगेको छ” भण्डारीले भने ।

शिक्षाका लागि १२ कक्षा सम्म पढ्ने सुविधा रहेको छ भने त्यो भन्दा माथिल्लो कक्षा पढ्न धनकुटा बजार , धनकुटा हिले वा धरान इटहरी पुग्नुपर्ने भण्डारीले बताए ।

यहाँ धेरै जातजातिका मानिस बसोबास गर्दछन् । यहाँ रित्तो घर धेरै छन् । स्थानीय सरकार आएर केही सुधार भएको छ । कृषी खेतीका लागि एभोकाडो ,खोर्सानी , टमाटर ,धान , मकै जस्ता खाद्यबालि उत्पादन हुने गर्दछ । पुरानो ऐतिहासिक वस्तु पनि यहीँ गाउँमा देख्न सकिन्छ ।

सहरमा जलवायु परिवर्तन भएका कारण पनि धनकुटा नगरपालिकाका विभिन्न क्षेत्रमा मानिस गाउँ बसाइँ सरेर आएका छन् । यस बेलहरा माहाङ्ग गाउँका मानिसको रोजगारनै वैदेशिक रोजगारी हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img