Monday, February 17, 2025
देशकोशी प्रदेशसुनसरीको इटहरीमा सबैभन्दा धेरै बजेट, दोस्रो धरानमा (कुन पालिकामा कति बजेट हेर्नुहोस्...

सुनसरीको इटहरीमा सबैभन्दा धेरै बजेट, दोस्रो धरानमा (कुन पालिकामा कति बजेट हेर्नुहोस् )

सुनसरी : बजेट घोषणामा संघीय सरकारले सुनसरीका १२ पालिकालाई आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका स्थानीय तहहरूलाई उक्त रकम विनियोजन गरिएको हो । विनियोजित रकममध्ये चालूतर्फ ५ अर्ब २५ करोड ७१ लाख र पुँजीगततर्फ ७४ करोड ७२ लाख रुपैया विनियोजन गरिएको छ ।

सुनसरीका दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा धेरै इटहरी उपमहानगरले चालूतर्फ ७३ करोड ९७ लाख र पुँजीगततर्फ ३४ करोड ५२ लाख गरी १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पाएको छ ।

धरान उपमहानगरले चालूतर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख गरी जम्मा ९० करोड २ लाख पाएको छ । यस्तै, नगरपालिकातर्फ सबैभन्दा बढी बराहक्षेत्रमा ६३ करोड ८० करोड ७० लाख बजेट छ । जसको चालू खर्च ६० करोड १६ लाख र पुजीँगत खर्च ३ करोड ५४ लाख रहेको छ ।

इनरुवा नगरपालिकाले चालूतर्फ ४६ करोड ७५ लाख र पुँजीगततर्फ ३ करोड ९ लाख गरी जम्मा ४९ करोड ८४ लाख, दुहबी नगरपालिकाको चालूतर्फ ४० करोड ९१ लाख र पुँजीगत तर्फ २ करोड ६४ लाख गरी ४३ करोड ५५ लाख बजेट छ ।

यस्तै, रामधुनी नगरपालिकाले चालूतर्फ ३९ करोड ९ लाख र पुँजीगततर्फ ४ करोड ३ लाख गरी जम्मा ४३ करोड १२ लाख पाएको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै पाउने हरिनगर गाउँपालिकाले चालूतर्फ ३६ करोड ६ लाख, पुँजीगततर्फ १ करोड ४६ लाख गरी जम्मा ३७ करोड ५२ लाख, कोसी गाउँपालिकाको चालूतर्फ ३२ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड २९ लाख गरी जम्मा ३६ करोड १८ लाख पाएको छ ।

यस्तै, देवागन्ज गाउँपालिकाले चालूतर्फ ३१ करोड ९० लाख पुँजीगततर्फ २ करोड ६९ लाख गरी ३४ करोड ५९ लाख, भोक्राहा नरसिँह गाउँपालिकाको चालूतर्फ २९ करोड ६ लाख पुँजीगततर्फ ३ करोड १५ लाख गरी ३२ करोड २१ लाख पाएको छ ।

बर्जु गाउँपालिकाले चालूतर्फ २९ करोड ५ लाख र पुँजीगततर्फ २ करोड ९ लाख र गढी गाउँपालिकाको चालूतर्फ २८ करोड ११ लाख पुँजीगततर्फ १ करोड ५१ लाख गरी जम्मा २९ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img