सुनसरी : सार्वजनिक बिदा तथा शनिवारको दिन पनि इटहरी उपमहानगरपालिका कार्यालय खुल्ला हुने भएको छ ।
आर्थिक वर्षको अन्त्य सँगै धेरै योजना तथा कार्यक्रम अन्तिम चरणमा रहेका कारण कार्यालय समय बढाइएको हो । बिदाका दिन नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यलयहरु खुल्ला हुने भएका छन् ।
बिहीबार सूचना प्रकाशित गर्दै कामकाजको अत्यधिक चाप भएकाले असार महिनाका शनिवार तथा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला हुने प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जनाएका छन् ।