Thursday, July 17, 2025
देशकोशी प्रदेशसंखुवासभा मादीको मुख्य सडक खण्डमा खाल्डाखुल्डी , यात्रु अलपत्रमा

संखुवासभा मादीको मुख्य सडक खण्डमा खाल्डाखुल्डी , यात्रु अलपत्रमा

spot_img

सुनसरी / संखुवासभाको मादी नगरपालीकाको मुख्य सड्क खण्ड ओखरबोट, मुलखर्क हुँदै आहाले, मेहेले ऐसलु’ कान्पुर मंगलबारे जोड्ने सडक खण्डमा खाल्डाखुल्डी भएकाले गाडी हिलो बाटोमा फसेर यात्रु अलपत्रमा पर्ने गरेको छन् ।

बाटोमा १२ महिना गाडी कुदाउने बाटो भनि सरोकारवला लगायतले घोषण गरे पनि दैनिक रुपमा गाडी फसेको टिक्काटिपण्णी हुँदै आएको छ । बाटो धेरै हिलाम्मे भएका कारण शुक्रबार बाटोमा बस फसेको थियो ।

- Advertisement -

बसमा भएका यात्रु गाडीका चालक सहचालक सबैले बाटोमा बस डोरीले तानेर, हिलो माटो पन्छाएर फसेको ठाउँबाट बस निकालेका थिए । यसबाटो हुँदै मादीनगरपालीकाका वडा नं.४ का केही भाग वडा नं.१,२,३ का सेवाग्राही लाभान्वित हुने गरेका छन ।

दैनिक जसो वर्षा, ठेक्दारको लापरवाही जनप्रतिनिधिको लगाव नदेखिएको कारण बाटोमा समस्य देखा परेको हो । दैनिक लगभग ५० भन्दा बढी यात्रु उक्त बाटो हुँदै धरान ,इटहरी विराटनगर आउने जाने गर्छन् तर बीच बाटोमा नै अलपत्र पर्ने भएको हुँदा यो समस्यलाई चाडो भन्दा चाडो समाधानको बाटोमा ल्याउन लाग्नु पर्ने सेवा ग्राहीको धारण रहेको मादिका स्थानीय मिलन अधिकारीले जानकारी दिए ।

यो बाटोमा बस कुदेको लगभग ३ देखी ४ वर्ष भईसकेको छ । वार्षिक बजेट बिनियोजन हुन्छ तर उक्त सड्क खण्डमा सरोकार वलाहरुको ध्यानाकर्षण नहुँदा समस्या जस्ताको त्यस्तै रहेको स्थानीय अधिकारी बताउछन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img