देशकोशी प्रदेशभोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा १८ वर्षीय प्रधानको मृत्यु

भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा १८ वर्षीय प्रधानको मृत्यु

सुनसरी : भोजपुर नगरपालिका वडा नम्बर -१२ स्थित टक्सारमा मृग भनेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ ।

असार २२ गते राति मृग भनेर भरुवा बन्दुकले हान्दा भोजपुर नगरपालिका -१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

घटना असार २२ गते रातिको हो । गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएको छ ।

मृतकका आफन्तले गत असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img