Wednesday, January 15, 2025
देशकोशी प्रदेशछात्रवृत्ति विवरण नबुझाउने इटहरीका पन्ध्र विद्यालयलाई एक लाख जरिवाना तिराउने

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका पन्ध्र विद्यालयलाई एक लाख जरिवाना तिराउने

सुनसरी / इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।

छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् ।

आधारभूत तहकै इटहरी वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यिनीहरूलाई विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।

यसैगरी, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोडिङ् स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको जानकारी दिइयो ।

उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ ।
निजी विद्यालयलाई उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img