सुनसरी / धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन फलको खेती सुरु गर्नु भएको एक बर्ष बितेको छ ।
अहिले छ रोपनी क्षेत्रफलमा करीब १२०० बोट ड्रागन फल लगाउनु भएको छ । वरिपकि आंपै -आंप छन् तर भण्डारीले आपमा भन्दा यसमा आम्दानी तथा भबिष्य राम्रो भएको भन्दै ड्रागन खेती सुरु गरे हुन् ।
बालुबैवालुवा भएको थप करीब ५० क्षेत्रफलमा ड्रागन फल लगायने उनको तयारी छ । लकडी ब्यबसाय गर्दै भएका भण्डारी पछिल्लो समय ड्रागन तर्फ लाग्नु भएको हो ।
खोलाको बगर बालुवा भएको ठाँउमा अन्य खेती भन्दा ड्रागन खेतीनै भरपर्दो हुने भएकाले यसको खेती सुरु गरिएको उनले बताए । जतातजै बालुवा मात्रै छ के हुन्छ भनेर बुझ्दा ड्रागन हुने थाहा पाए पछि यसको खेती सुरु गरेको अहिले त सम्भाबना राम्रो रहेको देखियो भण्डारीले बताए ।