सुनसरी : पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग हुँदै फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको सिमेन्ट बोकेको ना २ ख ९२१५ नम्बरको ट्रक हिलिहाङ गाउँपालिका- ७ हेवा खोलामा आइतबार साँझ ट्रक दुर्घटना भएको हो । आफैं अनियन्त्रित भई ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
मृत्यु हुने हिलिहाङ- ७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो । गम्भीर घाइते तामाङको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । दुर्घटनामा ट्रकका चालक ४५ वर्षीय पारसमणि थापा र ३१ वर्षीय जीवन गदाइली घाइते भएका छन् ।
घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर थिए । घाइतेको पाँचथरमै उपचार भइरहेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।



