Tuesday, July 8, 2025
देशकोशी प्रदेशआजदेखि जोगवनीबाट सामान ल्याउदा अनिवार्य भन्सार लाग्ने

आजदेखि जोगवनीबाट सामान ल्याउदा अनिवार्य भन्सार लाग्ने

spot_img

सुनसरी / विराटनगर महानगरपालिकाले आज साउन १ गतेदेखि भारतीय बजार जोगवनीबाट सामान ल्याउन कडाइ गर्ने भएको छ । भारतीय बजारमा किनिएका मालसामानको भन्सार पास नगरी नेपाल भित्र्याउन नदिन जोगवनी भन्सार नाकामा कडाइ गर्न लागिएको छ ।

बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार अर्थात विराटनगरका व्यापारी प्रभावित भएको भन्दै महानगरपालिले सीमा नाकामा कडाइ गर्न लागेको हो ।

-सूचना-

जसअनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने गरी कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

विराटनगरका मेयर नागेश कोइरालाले महानगरबासीहरुले अत्यधिकरुपमा भारतीय बजार जाँदा विराटनगरको बजार सुक्दै गएका कारण स्थानीय व्यापार प्रवद्र्धनका लागि भन्सारमा कडाइ गर्न लागिएको जानकारी दिए । उनले जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरेका छन् ।

जोगवनीमा गएर सामान किनेर विराटनगरका व्यापारीलाई प्रवद्र्धन नगर्ने गरी, यहाँको बजार सुकाउने गरी कार्य भए राम्रो नहुने उनको भनाइ छ । जुनसुकै सामान जोगबनी नाकाबाट खरिद गरे भन्सार नतिरी विराटनगर भित्रिन नदिने उनले बताए ।

महानगरपालिकाको अभियानमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img